दफा ७९
आदेश पर्चा खडा गर्नु पर्ने
यस परिच्छेद बमोजिम कुनै अभियुक्तलाई थुनामा राख्दा, थुनामा राखिएको अभियुक्तलाई छोड्दा वा कुनै अभियुक्तसँग धरौट वा जमानत लिँदा वा थपघट वा परिवर्तन गर्दा वा दफा ७७ बमोजिम थुनाबाट छाड्दा अदालतले कारण सहितको आदेश पर्चा खडा गर्नु पर्नेछ ।